परिचय

कृषिमा आधारीत अर्थतन्त्र वाट कृषि जन्य उद्योगमा रुपान्तरित आधुनिक व्यावसायिक दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने सोचका साथ यस प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना २०७३ साल वाट नेपाल सरकारले कार्यान्वयनमा ल्याएको छ । यस परियोजनाको अवधि दश वर्ष रहेको छ ।भौगोलिक सम्भाव्यता र तुलनात्मक लाभका आधारमा वाली वस्तुहरुको विशिष्टीकरण, यान्त्रिकरण र औधोगिकीकरणका माध्यमबाट कृषि क्षेत्रको रुपान्तरण गर्ने सोच लिएको छ । यसै सोचलाई परिपूर्ति गर्नको लागि विभिन्न क्षेत्रमा पकेट, ब्लक, जोन तथा सुपरजोनहरु स्थापना गर्दै कार्यान्वयन भइरहेको छ ।